राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा पञ्चमी - २०
सूचना तथा सञ्‍चार प्रविधिको उपयोगवाट पुस्तकालयलाई विद्युतीय पुस्तकालयको रुपमा विकास गरी पठन संस्कृतिको विकासमा सहयोग गर्नुका साथै केसर शमसेर र उनका उत्तराधिकारीद्वारा हस्तानान्तरण गरिएका पुस्तक पत्रपत्रिका एवम् ऐतिहासिक सामाग्रीको संरक्षण एवम् सम्वर्धन गर्नु पुस्तकालयको प्रमुख उद्देश्य हो।यस पुस्तकालय सञ्चालन गर्नुका थप उद्देश्यहरू देहाय वमोजिम रहेका छन्
१. केसर शमशेरबाट प्राप्त सामग्रीहरूको विशेष महत्व दिई संरक्षण र सम्वर्धन गर्नु।
२. अन्य पठन सामग्रीहरूको सङ्कलन एवम् सम्वर्धन गर्नु ।
३. पुस्तकालय तथा सूचना सेवाको पहुँच सर्वसाधारण समक्ष पुर्याउनु।
४ . शैक्षिक तथा सावर्जनिक पुस्तकालयको विकासका लागि तालिम, गोष्ठी, कार्यशालाको आयोजना गर्ने एवम् परामर्श सेवा उपलब्ध गराउनु।
५. स्वदेशी तथा विदेशी पुस्तकालयहरूसित सम्वन्ध एवम् समन्वय कायम गर्नु ।
६. सूचना तथा सञ्‍चार प्रविधिले ल्याएका नवीन अवसरको उपयोग गर्दै सर्वसाधारणलाई आधुनिक पुस्तकालय सेवा प्रदान गर्नु ।